रिडी आश्रमका वृद्धाहरुलाई न्यानो कपडा बितरण


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

गुल्मीको रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरुलाई चिन्तामणी भुषाल निमकला प्रतिष्ठान परिवारले न्यानो कपड़ा वितरण गरेका छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर-१ रिडी स्थित वृद्ध आश्रममा बस्दै आएका ४५ जना बृद्धहरुलाई गुल्मी सदरमुकाम तम्घासमा रहेका चिन्तामणी भुषाल निमकला प्रतिष्ठानले न्यानो कपडासँगै खाध्यन्न सामाग्री बितरण गरेको हो ।

रुरु क्षेत्र स्थित २ वटा आश्रय स्थलमा बस्दै आएका बृद्ध महिलाहरुलाई सामुहिक रुपमा जम्मा गरेर प्रतिष्ठनका सदस्य नन्दराम भुसाल, डिल्लीराज भुसाल र बालकृष्ण भुषालले हस्तातरण गरेका हुन् । घर परिवारबाट हेला भएका र बिभिन्न कारणले आश्रय स्थलमा बस्दै आएकाहरुलाई सहयोग गर्ने उदेश्यले न्यानो कपडा र खाध्यन्न सामाग्री हस्तातरण गरेको चिन्तामणी भुषाल निमकला प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले बृद्धहरुलाई ओडनको निम्ति बलाङकेट, खाद्यन सामाग्री र नगद पनि प्रदान गरिएको थियो । चिसोमा बृद्धहरुलाई बस्न खानको निम्ति सहज होस भन्ने उदेश्यले न्यानो कपडा बितरण गरिएको प्रतिष्ठानका सदस्य डिल्लीराज भुषालले बताए ।

रुरु क्षेत्रमा रहेका २ वटा आश्रय स्थल मानब कल्याण बृद्धा आश्रममा १५ जना र ऋषिकेश मन्दिर आश्रममा ३० जना बृद्ध महिलाहरु बस्दै आएका छन् । आश्रम स्थलमा ५० वर्ष पहिले देखि नै बस्दै आएको बृद्धहरु रहेका छन् । आश्रय स्थलमा रहेका बृद्धाहरुले निजि क्षेत्रबाट गरिएका बिभिन्न सहयोगबाट खाने बस्ने गर्दै आएका छन् । बृद्धहरुले सहयोग गरेमा सहयोगी संस्थालाई धन्यवाद दिएका थिए । मानव सेवा नै धर्म रहेकाले सहयोग गर्ने सहयोगीहरुको उज्जवल भबिश्यको कामना समेत गरेका थिए । न्यानोे कपडासँगै खाद्यन पाउँदा बृद्धहरु खुसी भएका थिए । आश्रय स्थलमा बस्ने बृद्धहरु आफ्नो लागि आफै पकाएर खाने र नसक्नेले अरु बृद्धहरुको सहयोगबाट दैनिकी बिताउदै आएका छन् ।

आश्रय स्थलमा ९० वर्षसम्मका बृद्धहरु बस्दै आएका छन् । रिडी क्षेत्रमा अधिकांश बृद्ध महिलाहरु बस्दै आएका छन् । दिनभर मन्दीरमा भजन कृतन गरेर समय बिताउदै आएका बृद्धहरुले परिवार सम्झीदा भकानिने गर्दछन् । आश्रमय स्थलमा बिशेष गरि परिवारबाट हेला भएका, बच्च बच्ची नभएका, अपांग, असाय बृद्धहरु बस्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com