काठमाडौँमा जबर्जस्ती यौन व्यवसायमा लगाइएकी सुस्मा सदाका लागि बिदा, सपना अधुरै


प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार

“मलाई यस्तो बनाउने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ, म नमर्दै देख्न पाए हुन्थ्यो”, केही दिन अघि जीवनको अन्तिम समयमा अस्पतालको श्ययाबाट सुष्मा केसीले भन्नुभएको थियो । तर पीडक दोषी प्रमाणित भए पनि उनको यो सपना भने अब कहिल्यै पूरा हुने छैन ।

काठमाडौँको होटलमा जबर्जस्ती यौन व्यवसायमा लगाइएकी उनी सदाका लागि बिदा भएकी छिन् । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला उनको सोमबार दुःखद् निधन भएको छ । यद्यपि अस्पताल श्ययाबाट उनले दिएको बयानका आधारमा प्रहरीले घटनाको अनुसन्धान जारी राखेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दयनीय अवस्थामा काठमाडौँ बालाजुको माछापोखरीस्थित सडकबाट उद्धार गरिएकी २२ वर्षीया सुष्माको बोली टाठै थियो तर, ज्यान भने गलिसकेको थियो । जीवनको अन्तिम अवस्थासम्म उनले आफ्नो पीडा र चाहना सबैमाझ सुनाएकी थिइन् । प्रहरीसँगको बयानमा आफूलाई यौन व्यवसायमा लगाउने व्यक्ति भनेर उनले केही मान्छेको नाम उल्लेख गरेकी थिइन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ ।

“उनले धेरैपटक आफूलाई पीडा दिने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ भन्नुहुन्थ्यो, रातदिन नभनी उहाँको जीवन बचाउन विभिन्न अस्पताल लग्यौँ, तर रोगले गलिसकेको अवस्थामा फेला परेकाले बचाउन सकिएन”, पछिल्लो समयमा उनको रेखदेख गर्दै आएको मानव सेवा आश्रमका प्रदेश संयोजक सुमन बर्ताैलाले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको सानैमा बिहे भएको थियो । दुई सन्तान जन्मिए । श्रीमान्को मृत्युपछि एक महिलाले खाना पकाउने काममा लगाइदिने भनेर काठमाडौँ ल्याएकी थिइन् । केही समय खाना पकाउने काम लगाएपछि होटलले यौन क्रियाकलापमा लगाएको अस्पताल बेडमा रहँदा सुष्माले बताएकी थिइन् । त्यो बेला मदिरासँगै केही धुलोजस्तो खुवाउने गरेकाले ग्राहक आए पनि के गर्छ भन्नेसम्म आफूलाई थाहा नहुने गरेको उनले भनेकी थिइन् ।

होटलमा यौनतृप्तीका लागि नेपालीदेखि विदेशी पनि आउँथे । नमान्दा तातोपानी खन्याएर यातना दिने गरेको पीडा उनले बताएकी थिइन् । उनको शरीरभरि चुरोटले पोलेको र तातोपानीले डामेको घाउ प्रसस्तै देखिन्थो । महानगरीय प्रहरी परिसरका अनुसार केही वर्षअघि एक महिलाले होटलमा काम गर्ने भनेर काठमाडौँ ल्याएर उनलाई छाडेकी थिइन् । प्रहरीका अनुसार उनी आन्तरिक बेचबिखनमा परेकी थिइन् । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले उनको बयानका आधारमा चार जना आरोपीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताउनुभयो ।

“ज्यानभरि चुरोटैचुरोटले पोलेको अवस्थामा भेटिएको थियो, अस्पतालमा उपचार गराइरहेका थियौँ, कलेजो नै ड्यामेज भएकाले उपचार प्रयास असफल रह्यो”, प्रहरी नायब उपरीक्षक बोगटीले भन्नुभयो । उनको निधन भए पनि आवश्यक प्रमाण जुटाइसकेकाले घटनाको अनुसन्धान भने जारी रहने उहाँले बताउनुभयो । उनी झण्डै दुई वर्षदेखि यसरी काठमाडौँमा बस्न बाध्य भएको प्रहरीले जनाएको छ ।

कलेजोले काम नगरेको र पेट फुल्ने गरेकाले दैनिक पानी निकाल्ने गरिएको थियो । अस्पतालमा उच्च प्रोटिन दिएर राखिएको थियो । गम्भीर अवस्थामा माछापोखरीस्थित सडकमा महिला रहेको खबर आएपछि मानवसेवा आश्रमले गत कात्तिकमा उद्धार गरी उनलाई अस्पताल पु¥याएको थियो ।

प्रहरीले अहिलेसम्म उनको परिवार पनि फेला पार्न सकेको छैन । उनको उपचार कै क्रममा सोमबार वीरअस्पतालमा निधन भएको छ । उनको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीले परिवारको खोजी जारी रहेको र पत्ता लागेपछि शव बुझाउने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com