आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई चार दिनको म्याद थप गरेर अनुसन्धान शुरु


प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार

जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले अनुयायी बलात्कारको आरोप लागेका रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिद्धबाबालाई प्रहरीले सोमबार नै सुनसरी जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । आज बिहान विराट नर्सिङ अस्पताल विराटनगरबाट पक्राउ गरिएका कृष्णदासलाई प्रहरीले म्याद थपका लागि आजै जिल्ला अदालत सुनसरीमा हाजिर गरेको थियो ।

आइतबार नै प्रहरीले कृष्णदासलाई पक्राउ गर्ने तयारी गरेकामा सघन उपचार कक्ष(आइसीयू)मा भर्ना भएकाले पक्राउ गर्न सकेको थिएन । कृष्णदासको स्वास्थ्य अवस्था सामान्य भएपछि आज प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो ।

सिद्धबाबा कृष्णदासले गत कात्तिक ४ गते एक अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो । उहाँको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कृष्णदासलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

उनलाई अक्सिजन लगाएकै अवस्थामा प्रहरीले एम्बुलेन्समा राखेर सुनसरी जिल्ला अदालत इनरुवा पुर्‍याएको थियो, जहाँबाट उनलाई उपचाररत अस्पतालमैँ राखी अनुसन्धान गर्न चार दिन म्याद थप भएको सुनसरीका डीएसपी विनोद शर्माले बताए।

डीएसपी शर्माका अनुसार मङ्सिर ८ गते आफूविरुद्ध उजुरी परेर पछि पक्राउ पुर्जी जारी भएलगत्तै स्वामी ‘कृष्णदासजी’ भनिने ४६ वर्षीय कृष्णबहादुर गिरी अस्पताल भर्ना भएका थिए।

केही दिनपछि उनी फेरि आफू मुटुको समस्याले ग्रस्त आएको भन्दै विराटनगरको एक निजी अस्पतालको आईसीयूमा भर्ना भएका थिए।

“स्वामी ‘कृष्णदासजी’ले गत कार्तिक ४ गते चतरास्थित आश्रममैँ आफूलाई करणी गरेको” भन्दै पीडित महिलाले “एक महिना चार दिनपछि” उजुरी दिएपछि” प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको थियो।

त्यसअघि कार्तिक १९ गते ‘कृष्णदासजी महाराज’ले पनि सामाजिक सञ्जाल “फेसबुकमार्फत्‌ आफ्नो चरित्र हत्या गरेको” भन्दै ती महिलाविरुद्ध नेपाल प्रहरीको अपराध सनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएका थिए।

पक्राउ पर्नुअघि विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा ‘कृष्णदासजी महाराज’ले उनले आफूविरुद्धको आरोप निराधार भएको बताएका विवरण सार्वजनिक भएका थिए।

मङ्सिर १५ गते अन्नपूर्ण पोस्ट पत्रिकामा प्रकाशित एक समाचारमा उनले आफूविरुद्ध ‘स्त्री बम प्रहार भएको’ बताएका थिए।

उनको एक सहयोगी श्याम पौडेलले ‘कृष्णदासजी महाराज’विरुद्धका उजुरी “निराधार” र “षड्यन्त्र” भएको सोमवार बीबीसीलाई बताए।
पक्राउ पुर्जी जारी हुने बित्तिकै ‘कृष्णदासजी महाराज’ अस्पताल गएको प्रहरीलाई थाहा भए पनि उनीप्रतिको “आस्थामा खलल नपुग्ने गरी” कारबाही गर्नुपर्नेबारे प्रहरी “सचेत” थियो।

डीएसपी शर्माले भने, “उहाँको उपचार भइरहेकोले हामी कुर्ने पक्षमा थियौँ। तर यहाँ त ‘मिडिया ट्रायल (सञ्चारमाध्यममा मुद्दाबारे बहस)’ धेरै हुन थाल्यो। को दोषी? को निर्दोष? भनेर मिडियामै ट्रायल हुन थाल्यो र प्रहरी नै बदनाम हुने स्थिति आयो। त्यसैले हामीले उहाँलाई नियन्त्रणमा लिएका हौँ।”

प्रहरीले ‘कृष्णदासजी महाराज’लाई अक्सिजन लगाएकै अवस्थामा अस्पतालबाट एम्बुलेन्समा अदालत लगेको थियो।

डीएसपी शर्माका अनुसार अदालतले अनुसन्धानका लागि म्याद थप दिने क्रममा ‘कृष्णदासजी महाराज’ले कार्तिक १९ गते सीआईबीमा पीडित महिलाविरुद्ध दर्ता गरेको विद्युतीय अपराधसम्बन्धी उजुरीलाई पनि समानान्तर रूपमा अघि बढाउन आदेश दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com