लुम्बिनी महोत्सव : स्थानीय उत्पादनलाई प्राथमिकता


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

मंसिर ८, भैरहवा । भैरहवामा आयोजित लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौँको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा सञ्चालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनका कक्षलाई विशेष छुटको व्यवस्था गरिएको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए । चार सय स्टल दर्ता भएको महोत्सवमा करिब ४० प्रतिशत स्थानीय उत्पादनका रहेको उनले जानकारी दिए । विशेष गरी स्थानीय उत्पादन अन्तर्गत कृषिका ६०, घरेलु साना उद्योगका १००, महिला हस्तकला अन्तर्गत ६०, स्थानीय गार्मेन्टका ५० स्टल छन् ।

विगतका महोत्सवमा उत्साहजनक रुपमा सहभागि नहुने गरे तापनि यस वर्ष आयोजकको मेहनत र उनीहरुलाई गरिएको छुटका कारण उद्योगी व्यवसायी उत्साहित भएको मेला मूल आयोजक समिति संयोजक नारायणप्रसाद भण्डारीले बताए । स्थानीय उत्पादनका पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा मायादेवी मन्दिर आकृतिको पर्यटकीय क्षेत्रमा राखिएका १५ वटा पर्यटकीय क्षेत्रले दर्शकको ध्यान केन्द्रित गरेको भण्डारीले बताए । उनले भने, “हामीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष  ०७६ लाइ मध्यनजर गर्दै प्रदेश नं ५ मा भएका मुख्य पर्यटकीय गन्तव्यको चिनारीसहितका तस्वीर प्रदर्शन गरेका छौँ, जसमा दर्शकको आकर्षण बढेको छ ।”

महोत्सवमा अर्घाखाँचीको सुपादेउराली मन्दिर, गुल्मीको विचित्र गुफा, चितवनको सौराहा, मुगुको राराताल, मुस्ताङ हिमाल, प्युठानको स्वर्गद्वारी, सगरमाथा हिमाल, देवदहको पाकरी वृक्ष, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण आधारशिविर, रेसुङ्गा, मर्दी हिमाल, पाल्पाको रानीमहल लगायतका पर्यटकीय गन्तव्यको तस्वीरलाई उनीहरुको परिचयसहित सजाएर राखिएको छ । मङ्सिर ३ गतेदेखि शुरु भएको महोत्सवमा २५ करोडको आर्थिक कारोवार हुने तथा तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com