उपनिर्वाचनमा खटिनेका लागि बीमा


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार उपनिर्वाचनमा संलग्नको बीस लाख रुपैयाँको बीमा गरिएको छ । उपनिर्वाचनमा मतदान केन्द्रमा दुई हजार ६८४ कर्मचारी तथा दुई हजार १३४ जना स्वयम्सेवक खटिनेछन् । कास्की, दाङ, बाग्लुङ, सुनसरी र भक्तपुर मतगणना गर्ने कर्मचारीको सङ्ख्या ८० रहेको छ भने अन्य जिल्लाका लागि ३४४ र मतदाता शिक्षा कार्यकर्ता ३१० जना परिचालन गरिएको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् । स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसैबीच उपनिर्वाचनमा चारवटा राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचन पर्यवेक्षणका अनुमति पाएका छन् । अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग), नेपाल आवाज, दीपेन्द्र कँडेल इनिसिएटिभ र राष्ट्र निर्माण मञ्च नेपाल रहेको निर्वाचन आयोगले जनाएको छ । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com