मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, बैतडी । मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते भएकी एक वृद्धाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री छिन् । गोकुलेश्वर–गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते खत्रीलाई शुरुमा उपचारका लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछि धनगढी रेफर गर्दा त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज लान लागिएको थियो ।

गोकुलेश्वरबाट गन्ना जाँदै गरेको म२प २८२० नं को मोटरसाइकले पैदलयात्री खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोटरसाइकल चालक बिपिन नाथ फरार छन् । मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा छ । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com