मोटरसाइकल चोर्ने ‘नक्कली प्रहरी’ पक्राउ


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

मंसिर ६, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । ‘प्रहरी’ बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी- ६ का २२ वर्षीय प्रशान्त शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भे९प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३-०२, ०१०प ९४४० नंम्बरको पल्सर मोटरसाइकल चोरी गरेको खुलेको हो । प्रहरी जाँचका क्रममा बुधबार सुर्खेत-जुम्ला सडकखण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले ती युवाको साथबाट प्रहरीको युनिफर्मसहितको दुईप्रति फोटो र नेपाल प्रहरी जवान पदको परिचयपत्र फेला पारेको जानकारी दिए । ‘चोरीको मोटरसाइकल, प्रहरीको परिचयपत्र बरामद गरेका छौँ’, उनले भने, ‘अनुसन्धानका क्रममा प्रहरीको परिचयपत्र नक्कली रहेको खुलेको छ ।’ -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com