ह्वाइट हाउसस्थित एक उच्च सल्लाहकारले दिए ट्रम्पविरुद्ध बयान


प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका एक उच्च अधिकारीविरुद्ध ह्वाइट हाउस खनिएको छ।

लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्‍को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा त्यस्तो बयान दिएका हुन्।

गत जुलाइ महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको भनाइ थियो।

जाँचबुझले राष्ट्रपतिको शक्तिको दुरुपयोग भए वा नभएको अनुसन्धान गरिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसद्ले आउँदो चुनावमा ट्रम्पका आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन गर्न उनले युक्रेनका नयाँ नेता भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिने उद्देश्यले युक्रेनलाई दिने अमेरिकी सैन्य सहायता रोकेका थिए कि थिएनन् भन्ने कुरा स्थापित गर्न खोजिरहेको छ।

भिन्डमन ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का युक्रेनसम्बन्धी एक उच्च विज्ञ हुन्।

उनले संसद्‍को गुप्तचरीसम्बन्धी समितिसमक्ष ट्रम्पले युक्रेनी समकक्षीलाई गरेको आग्रहबारे भने, “राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धानको माग गर्नु राष्ट्रपतिका निम्ति त्यो असुहाउँदो थियो, अनुपयुक्त थियो।”

अमेरिकी करदाताको योगदान रहने ह्वाइट हाउसको आधिकारिक ट्विटर ह्यान्डल सुनुवाइभरी भिन्डमनविरुद्ध आक्रमण गर्न प्रयोग भएको थियो र सुनुवाइकै बेला त्यसलाई चुनौती दिइएका ह्यासट्यागहरू रिट्वीट गरिएका थिए।

लेफ्टिनेन्ट कर्णेल भिन्डमन जुलाइ २५ मा दुई नेताबीच भएको कुराकानी सुनेका अमेरिकी अधिकारीहरूमध्येका हुन्।

युक्रेनमा जन्मिएका उनी इराक युद्धमा पुर्‍याएको योगदानलाई लिएर सम्मान पाएका अधिकारी हुन्।

उनका बुवाले ४० वर्षअघि सोभियत सङ्घ छाडेर अमेरिका बस्ने निर्णय गरेका थिए।

राष्ट्रपति ट्रम्पले सुनुवाइमा बयान दिइरहेकी युक्रेनका लागि अमेरिकी पूर्वराजदूत मरिअ योभानोभिचमाथि पनि आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट हमला गरेका थिए।

ट्रम्पले त्यस्तो प्रक्रियाको सामना गरिरहेका छन् जसले उनलाई राष्ट्रपति पदबाट हटाउन पनि सक्छ।

जाँचबुझले सन् २०२० मा हुने चुनावमा पुनः निर्वाचित हुने सम्भावना बढाउन ट्रम्पले अनुचित सहयोगको माग गरेका हुन कि होइनन भन्ने स्थापित गर्ने प्रयास गरिरहेको छ।

प्रक्रिया अहिले पनि सुरुवाती चरणमै छ। डेमोक्र्याटहरूको पकड रहेको संसद्‍को तल्लो सदनमा गत साता पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको हो।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले गलत काम गरेको कुरा कडा रूपमा अस्वीकार गर्दै आएका छन्।

टेलिभिजनबाट प्रत्यक्ष प्रसारित महाभियोग सुनुवाइ मङ्गलवार तेस्रो दिन भएको हो।

ट्रम्पले महाभियोग सामना गर्नुपर्न सक्ने अवस्था आउँदा केही साताहरूमा के हुन्छ भन्नेमा भर पर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com