गोलीकाण्ड : क्यालिफोर्नियामा एकैघरका ५ को हत्या, एकबालकमात्र जिवित


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

शनिबार विहान सान डिएगो प्याराडाइज हिल क्षेत्रमा भएको गोलीकाण्डको अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । विहान ७ बजे घटनास्थलमा प्रहरी पुग्दा ६ जनामाथि गोली लागेको पाइएको थियो जसमध्ये ५ जना मृत अवस्थामा रहेका थिए ।

मृतकमध्ये तीनजना केटाकेटीहरु रहेको बताइएको छ । घटनाको जानकारी पाएको एकमिनेटभित्रै प्रहरी पुगेको थियो । अगाडिको ढोकाबाट कुनै रेस्पोन्स प्राप्त नभएपछि प्रहरीले पछाडिको झ्यालबाट भित्रको दृश्य हेर्दा एकजना बालक रगतमा लतपतिएको देखेको थियो ।

त्यसपछि झ्याल तोडेर भित्र छिरेको प्रहरीले ६ जनामाथि गोली लागेको फेला पारेको थियो । घटनास्थलमा ३१ बर्षका पुरुषको टाउकोमा गोली लागेको अवस्थामा मृत भेटिएका थिए । त्यस्तै महिला र उनको ३ बर्षको बच्चा पनि मृत भेटिएका थिए ।

५ र ९ बर्षका दुईजना बच्चालाई अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको थियो । अर्का एकजना ११ बर्षीयको भने अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट एउटा हातेबन्दुक बरामद भएको छ । घटनामा संदिग्ध व्यक्ति मृतकमध्ये एकजना रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com