न्युजर्सीमा गोली चल्यो, २ बालकसहित ३ घाइते (गोली चल्दा र भागदौडको भिडियो)


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

न्युजर्सीको हाइस्कुल फुटवल खेलमा गोली चलेको छ । घटनामा तीनजना घाइते भएका छन् । खेलका तेश्रो क्वाटर सकिनै लाग्दा गोली चलेको थियो ।

गोली चल्दाको र त्यसपछि भागदौड मच्चिएको भिडियो :

घाइते हुनेहरु दुईजना बालकहरु र एकजना युवा रहेको जनाइएको छ । घाइते बालकहरु १५ र १० बर्षका छन् । घाइते युवा भने २७ बर्षीय हुन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुलाई गम्भिर चोटपटक लागेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाइतेमध्ये १० बर्षीय बालकको अवस्था चिन्ताजनक रहेको छ । बालक क्रसफायरमा घाइते भएको जनाइएको छ ।

शुक्रबार राती भएको उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सुरुमा बन्दुकको आवाजलाई धेरैले पटाका ठानेका थिए । तर भागदौड मच्चिएपछि बन्दुक पड्काएको थाहा भएको थियो ।

पक्राउ पर्नेहरु ३१ बर्षीय एल्भिन वेट, २७ बर्षीय माइकल म्याक, २६ बर्षीय भ्यान्स गोल्डेन, २७ बर्षीय साइद डिक्सन, २८ बर्षको टाइरेल डोर्न रहेको जनाइएको छ । उनीहरुमध्ये ४ जना एटलान्टिक सिटीका र एकजना प्लीजेन्टभिलका रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com