एजेन्सी / हङ्कहङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ । वृद्धलाई खाजा खाने समयमा बाहिर निस्केका बेला मास्क लगाएका प्रदर्शनकारीहरुले प्रहार गरेको साह्रो वस्तुले लागेको अधिकारीहरुले बताएका छन् । गत साता पनि प्रहरी कारबाहीका क्रममा भवनबाट खसेर एकजना प्रदर्शनकारीको मृत्यु भएको थियो ।
विगत ६ महिनादेखि हङ्ककङमा सरकार विरोधी प्रदर्शन भईरहेको छ । सरकारले विज्ञप्ति जारी गर्दै उक्त घटनाका कारण दुखी भएको उल्लेख गरेको छ । उक्त घटनाको भिडिओमा प्रदर्शनकारी र सरकार समर्थकहरूले एकअर्का माथि इट्टा प्रहार गरिरहेको देखिएको छ ।
अधिकारीहरूका अनुसार ती वृद्धको मृत्यु उपचारका क्रममा भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।