अमेरिकी सरकारले माग्यो ८२ हजार फेसबुक प्रयोकर्ताका विवरण


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

अमेरिकी सरकारले सन् २०१९ को अहिलेसम्म ८२ हजार फेसबुक प्रयोकर्ताका विवरणहरु मागेको फेसबुकले खुलासा गरेको छ । सन् २०१९ को झण्डै साढे १० महिनाको अवधिमा अमेरिकी सरकारले ८२ हजार ४ सय ६१ जनाका विवरणहरु मागेको छ ।

झण्डै ८२ हजारका विवरणहरु माग्न सरकारले फेसबुकसँग ५० हजार ७ सय १४ अनुरोधहरु गरेको थियो । फेसबुकले सरकारको अनुरोधमा ८८ प्रतिशत डाटाहरु उत्पादन गरेको र त्यसमध्ये ४७ हजार ४ सय ५७ जनाका विवरण कानुनी प्रकृयामा रहेको जनाएको छ ।

विभिन्न देशका सरकारले फेसबुकसँग प्रयोकर्ताका विवरणहरु माग्ने क्रम ह्वात्तै बढेको जनाइएको छ । सन् २०१३ मा फेसबुकलाई २५ हजार ६ सय ७ अनुरोध आएकोमा सन् २०१९ मा १ लाख २८ हजार ६ सय १७ अनुरोध प्राप्त भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेसबुकले आफूहरुले सरकारलाई चोरबाटोबाट प्रयोकर्ताका विवरणहरु उपलब्ध नगराउने बताएको छ । जुन सरकारले डाटाहरु मागेपनि नाजायज भएको खण्डमा आफूहरुले अदालतमा कानुनी लडाई लड्ने फेसबुकले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com