ट्रम्पबिरुद्धको महाअभियोग छानविन सुनुवाई : डेभिड र शिफको सुरुवाती मन्तब्य (लाइभ)


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग छानविनबारेको संसदीय सार्वजनिक सुनुवाईमा प्रतिनिधिसभाको अनुसन्धान समितिका अध्यक्ष आदम सिफले सुरुवाती मन्तब्य दिएका छन् । त्यसपछि रिपब्लिकन सांसद डेभिड नुन्सले बोलेका छन् ।

 

महाअभियोग अनुसन्धानको आजको सार्वजनिक सुनुवाईमा युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत बिल टेलर र अमेरिकी विदेशमन्त्रालयका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जर्ज केन्टको बयान लिइदै छ । अमेरिकी संसदको प्रतिनिधिसभाको छानविन समितिले गरेको सुनुवाई अमेरिकामा प्रमुख टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एबीसी, सीएनएन, फक्स, एमएसएनबीसी ,सीबीएस, एनबीसी र पीबीएस लगायतका टेलिभिजन च्यानलले विभिन्न प्लेटफर्महरुमार्फत छानविनको प्रत्यक्ष प्रशारण गरिरहेका छन् । महाअभियोग अनुसन्धानको सार्वजनिक सुनुवाईमा युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत र अमेरिकी विदेशमन्त्रालयका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जर्ज केन्टको बयान लिइदै छ ।

आजको सार्वजनिक सुनुवाईपछि अर्को सुनुवाई नोभेम्बर १५ तारिख शुक्रबार गर्ने जनाइएको छ । अनुसन्धानको केन्द्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा युक्रेनका राष्ट्रपतिलाई फोन गरेर जो बाइडेनबारे अनुसन्धान गर्न दवाव दिएको विषय रहेको छ ।

अमेरिकी इतिहासमा महाअभियोग छानविनको सार्वजनिक सुनुवाईको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको यो नै पहिलोपटक भने होइन । राष्ट्रपति रिचर्ड निक्सन र बिल क्लिन्टनबिरुद्धको महाअभियोग छानविनको पनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । ट्रम्पबिरुद्धको महाअभियोग छानविनको सन्दर्भको प्रत्यक्ष प्रशारण अमेरिकी इतिहासमा तेश्रो हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com