बर्लिनको पर्खाल ढलेको ३० बर्ष, तर अदृश्य पर्खाल भने कायमै


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

बर्लिनको पर्खाल ढलेको ३० बर्ष पूरा भएको छ । सन् १९८९ को नोभम्बर ३ मा ढालिएको थयो बर्लिनको पर्खाल । तर पर्खाल ढलेको ३० वर्ष पूरा हुादा पनि मनभित्रको अदृश्य पर्खाल भने अझै कायमै छ । एउटा अदृश्य पर्खालले अहिले पनि जर्मनीलाई विभाजित बनाइरहेको छ ।

तीस अगाडि बर्लिनको पर्खाल ढल्दा त्यसको कम्पनले सम्पूर्ण युरोपमा तरंग फैलिएको थियो भने पूर्वी जर्मनीमा आशाको लहर फैलिएको थियो । कम्युनिष्ट जर्मन डोमेक्रेटिक रिपब्लिकले पूर्वी जर्मनीका लागि यात्रा प्रतिबन्ध हटाएको घोषणा गरेको केही मिनेटमा नै बर्लिनको पर्खाल ढालिएको थियो । स्वतन्त्रता र एकताको भावनाले पूरै युरोप तरंगित भएको थियो ।

अहिले पनि पूर्वी र पश्चीम जर्मनीबीच सोंच र दृश्टीकोणमा निकै भिन्नता रहेको छ । अहिले पनि पूर्वी जर्मनीका नागरिकहरुले आफूलाई दोश्रो दर्जाको नागरिक सरह अनुभव गर्छन् । जर्मनीका ५ सय मध्ये जम्मा ३६ ठूला कम्पनीका मुख्यालयहरु पूर्वी जर्मनीमा छन् । सामाजिक अवस्थादेखि जनस्तरसम्म पूर्वी जर्मनीको अवस्था निकै कमजोर रहेको छ ।

सिमेन्ट र इँटाद्धारा बनाइएको पर्खाल ३० बर्ष अघि भत्काइए पनि जर्मनहरुको मनभित्रको पर्खाल भने उस्तै छ । पूर्वजर्मनीमा लोकतन्त्रको मान्यता थिएन, पश्चिमाहरुको भनाइ अनुसार त्यहाँ कानूनी राज्य थिएन । तर पूर्वजर्मनहरुले भने पर्खाल भत्काइएपछिको आज ३० बर्ष हुँदासम्म पनि बिभेदको अन्त नभएकाले आफूहरुलाई निराश गराएको बताउँछन् । उनीहरुका अनुसार जर्मनी एकता भनियो । तर, एकताको नाममा पर्व जर्मनीका राम्रा पक्ष्यहरु पनि फालियो र पश्चिमका गलत पक्षहरुलाइ पूर्ब जर्मनीमा जबर्जस्ती लादियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com