जापानका सम्राटको गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सव


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

जापानका सम्राट नारूहितोको गद्दी आरोहणको खुशियाली मनाउन शनिबार टोकियोस्थित ‘इम्पेरियल प्यालेस प्लाजा’ मा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा नर्तकी तथा प्रसिद्ध गायकगायिककाहरूले खुशियाली व्यक्त गर्दै आफ्ना प्रस्तुती गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रम हेर्नका लागि करिब २० हजार पाहुनालाई आमन्त्रण गरिएको थियो भने १० हजार नागरिकले टिकट लिएका थिए ।

जापानका सम्राट नारूहितोको अक्टोबर २२ मा भएको गद्दी आरोहणपछि जापानी परम्परा अनुसार उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

जापानी झण्डा फहराउँदै सम्राट नारूहितालाई प्रत्यक्ष अभिनन्दन गरिरहेका दर्शकलाई सम्बोधन गर्दै आफूलाई वधाई दिन जम्मा भएका सवैप्रति आभार प्रकट गर्नुभएको थियो । कार्यक्रमलाई प्रधानमन्त्री सिन्जो आवे लगायतका उच्च अधिकारीहरूले सम्बोधन गरेका थिए ।

जे–पप ग्रुप आरसीले कार्यक्रमका लागि तयार पारेका प्रस्तुतीद्वारा दर्शकलाई मनोरञ्जन दिनुका साथै सम्राट नारूहितोको सफलताका लागि कामना गरिएको थियो । त्यस्तै जापानी संस्कृति झल्किने नाच तथा सांस्कृतिक प्रस्तुतीले हलमा रहेका करीब ३० हजार दर्शकलाई कार्यक्रमस्थलमा मनोरन्जन प्रदान गरिएको थियो ।

जापानी राजदम्पत्तीले आइतबार दरबारदेखि आफ्नो निवाससम्म करीब ४.६ किलोमिटर लामो दूरीमा हुने परेडमा सहभागिता जनाउनुहुनेछ । अक्टोबर २२ मा राजगद्दी आरोहणसँगै गरिने गरी तय भएको परेडको कार्यक्रम जापानमा ८० जनाको ज्यान लिनेगरी आएकोे आँधी हगिबिसका कारण स्थगित भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com