सप्तरीमा अनिश्चितकालीन कर्फ्यु आदेश, मोर्चाको निशानामा सरकारी कार्यालय


प्रकाशित मिति : फाल्गुन २४, २०७३ मंगलबार

मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले सप्तरी, सदरमुकाम राजविराज लगायत आसपासमा कर्फ्यु आदेश जारी गरेको जनाईएको छ ।
प्रहरीको गोली लागेर कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै जाँदा सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ ।

अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको जनाईएको हो ।

– मंगलबार साँढे १२ बजेबाट कफ्र्यु आदेश ।

–नेपाल टेलिकमको कार्यलय, सप्तरी नगरपालिका कार्यलय तोडफोड भएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य वैंकमा तोडफोड,स्थानिय शान्ति समितीको कार्यालय र जिल्ला वन कार्यालयमा आगजनी भएको जनाईएको छ ।
आगलागीबाट स्थानिय शान्ति समितीको कुर्शी, टेवुल र केहि आवश्यक कागजपत्र जलेको छ भने वन कार्यालयमा समान्य क्षति भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

–बिहानैदेखि सप्तरी सदरमुकाम राजविराज, रुपनी, कन्चनपुर लगायत मुख्य शहर र सडकम चोकमा टायर बालेर प्रदर्शन र नारावाजी । मानवअधिकार आयोगको गाडीको सिसा फुट्यो ।
सप्तरी जिल्ला अनिश्चितकालिन बन्द घोषणा,सिराहा,लाहान नगरपालिकास्थित एमाले कार्यलय तोडफोड र
पर्सामा–वीरगञ्ज, घण्टाघर, माइस्थान लगायतका मुख्य चोकमा प्रदर्शनकारी भेला र प्रदर्शन ।

–बन्दको अवज्ञा गरेको भन्दै घण्टाघर चोकमा ना।५।ख १८९५ नम्बरको ट्रक तोडफोड,जनकपुरमा – ना७ख २२६३ नम्बरको एक ट्रिपर तोडफोड । यातायात उद्योग कलकारखाना बन्द ।

सप्तरीमा प्रहरीको गोली लागेर मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको बिरोधमा मधेसी मोर्चाले दुई दिन मधेश बन्द गरेको छ । बन्दको प्रभाव विहानैदेखि देखिएको छ ।

मधेस बन्दलाइ सफल पार्न संयुक्त लोकतान्त्रिका मधेशी मोर्चाका कार्यकर्ताहरुले विहानै देखी वीरगंजको घण्टाघर , हिमालय आयरन ,परवानीपुर ,गण्डक चौक, प्रतिमा चोक, बसपार्क चोक, मुर्ली चोक, माईसथान नगवा चोक, भंसार लगायतका ठाउँमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com