अमेरिकाको डकोटामा ६३ वर्षीय राइन्सलाई सुई लगाएर मृत्युदण्ड !

वासिङ्टन,एएफपी/ अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ ।

अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीहरुले बताएका छन् ।

राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदूरको हत्या गरेको पुष्टी भएको थियो । उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए । राइन्सका वकीलहरुले भने समलिङ्गी भएकै कारण राइन्सलाई मृत्युदण्ड दिइएको दाबी गर्दै आएका थिए ।


तर साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौन विभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com