मंगलबार अमेरिकामा चुनाव, कहाँ कुन पदका लागि चुनाव हुँदैछ ?


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

मंगलबार अमेरिकामा चुनावको दिन हो । अमेरिकनहरुले विहानदेखि रातीसम्म लाइनमा उभिएर मतदान गर्न पाउनेछन् ।

मंगलबार पेन्सिलभेनियाको १२ औं संसदीय जिल्ला, नर्थ क्यारोलिनाको नवौं र तेश्रो संसदीय जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने जनाइएको छ । पेन्सिलभेनियाका सांसदले राजिनामा दिएर निजी जागिर सुरु गरेका थिए । नर्थ क्यारोलिनाको तेश्रो संसदीय जिल्लाका सांसदको मृत्यु भएको थियो भने नवौं संसदीय जिल्लामा धाँधलीको विवादका कारण विगतको चुनावले मान्यता पाएको थिएन ।

त्यस्तै विसकन्सिनको सातौं संसदीय क्षेत्र, न्युयोर्कको २७ औं संसदीय क्षेत्र, क्यालिफोर्नियाको २५ औं संसदीय क्षेत्र पनि खाली छन् । मेरिल्याण्डको सातौं संसदीय क्षेत्र पनि खाली रहेको छ । जर्जियाका रिपब्लिकन सिनेटर जोनी इसाकसनले डिसेम्बरको अन्तिममा राजिनामा दिने बताएका छन् ।

केन्टकी र मिसिसिपीमा मंगलबार गभर्नर छान्नका लागि चुनाव हुनेछ भने लुजियानामा गभर्नरको चुनाव नोभेम्बर १६ मा हुने जनाइएको छ । मिसिसिपी र भर्जिनियामा राज्य संसदका लागि चुनाव हुँदैछ भने न्युजर्सीमा राज्य संसदको तल्लो सदनका लागि चुनाव हुँदैछ ।

त्यस्तै अमेरिकाका दर्जनौं सिटीहरुमा मेयर छान्नका लागि मंगलबार चुनाव हुँदैछ । राष्ट्रपति चुनाव पनि नभएको र संसद सदस्यहरु छान्नका लागि मध्यावधी चुनावपनि नभएकाले यसपटकको चुनावको त्यती चहलपहल देखिदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com