लेखिकाले दायर गरिन् ट्रम्पबिरुद्ध मानहानीको मुद्दा


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

लेखिका तथा लामोसमयदेखि महिलाको विषयमा लेख्दै आएकी स्तम्भकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध सोमबार मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले दुईदशक अगाडि न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा यौन दुब्र्यबहारको शिकार भएको दावी गरेलगत्तै ट्रम्पले मानहानी गरेको उनको दावी छ ।

जेन क्यारोलले प्रकाशित गरेको संस्मरणमा उनले आफू दुब्र्यबहारको शिकार भएको बताएकी थिइन् । ट्रम्पले भने उनलाई आफूले कहिलेपनि नभेटेको बरु उनले आफ्नो पुस्तकको प्रचारका लागि गलत कुरा लेखेको बताएका थिए ।

ह्वाइट हाउस प्रेस सेक्रेटरीले सोमबार ट्रम्पबिरुद्धको उक्त मुद्दालाई तुच्छ र क्यारोललाई फ्रड बताएकी छिन् । सन् २०२० को राष्ट्रपति चुनाव आउनु एकबर्ष बाँकी रहँदा राष्ट्रपति ट्रम्पले विभिन्न खाले कानुनी चुनौतीहरुको सामना गर्नुपरेको छ ।

क्यापिटल हिलमा ट्रम्पबिरुद्ध महाअभियोग अनुसन्धान भइरहेको छ भने उनको ब्यापार र वित्तबारेपनि विभिन्न मुद्दाहरु चलिरहेका छन् । त्यसमाथि क्यारोलले न्युयोर्कमा दर्ता गराएको मानहानीको मुद्दाले ट्रम्पमाथि थप तनाव बढाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com