अमेरिकामै बच्चाका ९५ प्रतिशत खानेकुरामा विषादी !


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

एजेन्सी, न्युयोर्क /‘मेड इन अमेरिका’ लेखेको देखेपछि हामीमध्ये धेरैजना आँखा चिम्लिएर सामग्रीको प्रयोग गर्छाैं । अझ बच्चाका लागि त झनै विदेशी उत्पादन खोजी–खोजी खुवाउने प्रचलन छ । ब्रान्डेड खानेकुराले बच्चाको विकास सोचेभन्दा छिटो र राम्रो हुने धेरैको विश्वास छ । तर, अमेरिकामै उत्पादित ९५ प्रतिशतसम्म वस्तुमा  विषादी भेटिएपछि धेरै आमाबाबु चिन्तित बनेका छन् ।

अमेरिकामा उत्पादित नवजात शिशुका ९५ प्रतिशतसम्म आहारमा  धातुजन्य विषादी मिसाइएको भेटिएपछि जनस्तरबाट विरोध सुरु भएको छ । यसै साता प्रकाशित एक अध्ययन प्रतिवेदनले शिशुका ९५ प्रतिशत आहारामा  अखाद्य तत्व हुने गरेको तथ्य फेला पारेको हो ।

रिपोर्टको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

खाद्य पदार्थमा मिसाइएका यस्ता विषादीले बच्चाको मस्तिष्क तथा शारीरिक विकासमा असर पार्ने विशेषज्ञ बताउँछन् । अध्ययनका लागि एक सय ६८ जना शिशुका लागि प्रयोग गरिएका अमेरिकाका ब्रान्डेड कम्पनीद्वारा उत्पादित वस्तुलाई नमुनाका रूपमा लिइएको थियो ।

नमुना खाद्य पदार्थमा ९५ प्रतिशत खाद्य पदार्थमा लिड, ७३ प्रतिशत खाद्य पदार्थमा आर्सेनिक, ७५ प्रतिशत खाद्य पदार्थमा क्याडमियम (जिंक र कर्करीजस्तै धातु), ३२ प्रतिशत खाद्य पदार्थमा मर्करी फेला परेको छ । बच्चाको खानामा सबै प्रकारका विषादीको मात्रा एक चौथाइजति रहेको हेल्थ बेबी फुड डट ओआरजीमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्ययनका क्रममा पाँच बच्चामध्ये एकजनाको खानेकुरालाई दशपटकसम्म सूक्ष्म परीक्षण गरिएको थियो । यो नतिजा र यसअघि फुड तथा ड्रग प्रशासनले गरेको अध्ययनको नतिजामा धेरै समानता पाइएको छ ।

प्रशासनको अध्ययनले पनि बच्चाको खाद्य पदार्थमा ३३ देखि ३९ प्रकारका विषादी फेला परेको देखाएको थियो । यो अध्ययनले धेरैजसो चामलबाट बनेका, गुलियो आलु तथा जुसजन्य खाद्यान्नमा बढी विषादी फेला परेको देखाएको छ ।

प्रतिवेदनले बच्चाले खाने कुनै पनि खाना वा खाजामा थोरै मात्रमा विषादी भेटिए पनि बच्चाको दिमागी विकास तथा बौद्धिक क्षमता (आइक्यू)मा ह्रास आउने सक्ने दाबी गरेको छ ।

गैरसरकारी संस्था तथा दाताहरूको छाता संगठन ‘स्वस्थ बच्चा, उज्यालो भविष्य (हेल्दी बेबिज्, ब्राइट फ्युचर) नामक संस्थाले यो अध्ययन गरेको थियो । संस्थाले नवजात शिशुको जीवनको पहिलो महिना उनीहरूको कलिलो मस्तिष्कलाई असर गर्ने केमिकलयुक्त खानेकुराको सेवन हटाउने अभियान सञ्चालन गर्दै आएको छ ।

सन् २००४ मा बंगलादेशमा ५–१५ वर्षका बच्चामाथि गरिएको अध्ययनले आर्सेनिकयुक्त पानीले बच्चाको मस्तिष्क विकासमा कसरी असर गरेको छ भन्ने तथ्य देखाएको थियो । उक्त अध्ययनले पिसाबमा आर्सेनिकको मात्रा ५० प्रतिशत बढ्दा बच्चाको बौद्धिक क्षमता ०.४ पोइन्टले घट्ने तथ्यांक सार्वजनिक गरेको थियो । आर्सेनिक पानी, माटो तथा हावामा पाइने केमिकल हो । यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

कस्ता खानेकुरा खाने ? 
आकर्षक विज्ञापन हेरेको भरमा आमाबाबुले आफ्ना बच्चाका लागि बजारका खानेकुरा किन्नुभन्दा सम्भव भएसम्म घरमा बनाएका, ताजा खानेकुरा खुवाउनु स्वास्थ्यका लागि राम्रो हुने अध्ययनको सुझाव छ ।

अध्ययनका अनुसार चामलबाट बनेको, माटोमुनि फल्ने खानेकुरा, जस्तै– आलु, गाँजर, सखरखण्ड र बजारमा पाइने रेडिमेड जुसमा बढी विषादी फेला पर्ने गरेको छ । ‘यसो भन्दैमा बजारमा पाउने सबै खाद्य पदार्थ प्रयोग नै नगर्ने भनेको होइन, सकेसम्म ताजा र घर तयार पारिएका वस्तु प्रयोग गर्नु उत्तम हुन्छ,’ अध्ययनमा भनिएको छ । साथै सम्बन्धित निकायले खाद्य पदार्थ उत्पादन गर्ने कम्पनीलाई पनि यस्ता संवेदनशील विषयमा उच्च सतर्कता अपनाउँदै विषादीयुक्त उत्पादनमा कमी ल्याउनेतर्फ सचेत गराउनुपर्ने देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com