सप्तरीमा प्रहरीको गोलीप्रहारबाट २ जनाको मृत्यु, ३० भन्दा बढी घाइते


प्रकाशित मिति : फाल्गुन २३, २०७३ सोमबार

विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा नेकपा एमालेको सभा सकिएपछि मधेसी मोर्चा प्रहरी र प्रहरी तथा एमाले कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी, एमाले कार्यकर्ता र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव एक सय मिटर टाढा प्रहरीको गोली लागेर २२ बर्षिया सञ्जन मेहता र दिगम्बर यादवको मृत्यु भएको छ ।

प्रदर्शनको क्रममा अन्य ३० जना घाइते भएका छन् । घाइतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको छ । एमालेको कार्यक्रम सकिदै लागेको बेला प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।

एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०–२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउ–ठाउमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com