न्युयोर्कको क्वीन्समा बास्केटबल खेलिरहेका बालकमाथि गोली प्रहार, घटनास्थलमा मृत्यु


प्रकाशित मिति : कार्तिक १०, २०७६ आईतबार

न्युयोर्कको क्वीन्स जमैकामा शनिबार राती बास्केटबल कोर्टमा १४ बर्षका बालकमाथि गोली प्रहार भएको छ । बालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्वीन्स पब्लिक हाउजिङ कम्प्लेक्समा बालकमाथि गोली प्रहार भएको केहीबेरमा घटनास्थलमा प्रहरी पुगेको थियो । घाँटीमा गोली लागेका उनलाई जमैका अस्पतालले मृत घोषणा गरेको थियो ।

बालकलाई बन्दुकधारीले निशाना नबनाएपनि अरुलाई ताकेको गोली लागेको हुनसक्ने जनाइएको छ । बालक साथीहरुसँग बास्केटबल खेलिरहेका थिए ।

मृतकको नाम खुलाइएको छैन भने अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com