आतंकवादी नेता बगदादी निशानामा, मारिएको श्रोतको दावी, पुष्टी हुन बाँकी


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

अमेरिकी सेनाले शनिबार आईसीसका नेता अबु बक्र अल बगदादीलाई निशानामा पारेको जनाइएको छ । सैन्य श्रोतले बगदादी मारिएको जनाएको छ । तर आधिकारिक रुपमा केही बताएको छैन । सीआईएले आईसीसका नेतालाई पत्ता लगाउनका लागि सहयोग गरेको जनाइएको छ ।

यो घटनासँगसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार विहान ९ बजे सम्बोधन गर्ने तय भएको छ । उनको सम्बोधन परराष्ट्र नीतिका बारेमा हुने जनाइएको छ । शनिबार रातीमात्र ट्रम्पले एकदम ठूलो घटना भएको भन्दै ट्वीट गरेका थिए ।

आतंकवादी संगठन आईसीस नेता बगदादी ५ बर्षदेखि भूमिगत रहदै आएको जनाइएको छ । गतबर्षको एउटा हमलामा बगदादी घाइते भएको अमेरिकी अधिकारीहरुले दावी गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१० मा बगदादी ईस्लामिक स्टेट अफ इराक आईएसआईका नेता भएका थिए । पछि उक्त समुह ईस्लामिक स्टेट अफ इराक एण्ड लेभाण्टका रुपमा परिचित थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com