एकदम ठूलो घटना भएको ट्रम्पको ट्वीट, आइतवार विहानै सम्बोधन गर्ने


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार विहानै राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । शनिबार विहान ९ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जनाइएको छ । तर के विषयमा सम्बोधन गर्ने भन्नेबारे केही खुलाइएको छैन ।

ट्रम्पले राष्ट्रका नाममा मुख्य वक्तब्य दिने घोषणा हुनुअगाडि ट्वीटरमा एकदम ठूलो घटना भएको भन्दै ट्वीट गरेका थिए । तर के भयो भन्नेबारे उनले केही बताएका छैनन् । ट्रम्पले ट्वीट गरेको झण्डै एकघण्टापछि ह्वाइटहाउसले भोलि हुने सम्बोधन बारे जानकारी गराएको हो ।

ट्रम्प अहिले महाअभियोगको सन्दर्भ र सिरियाबाट अमेरिकी सेना फिर्तीको सन्दर्भमा विवादको भूमरीमा रहेका छन् । उनले यसै विषयमा सम्बोधन गर्ने हुन् वा अरु केही हो भन्ने बारे केही खुलाइएको छैन ।

ट्रम्पले ९ बजेर २३ मिनेट जाँदा त्यस्तो ट्वीट गरेका थिए । त्यसको झण्डै एकघण्टापछि ह्वाइटहाउसले ट्रम्पले भोलि गर्ने आकस्मिक सम्बोधनबारे जानकारी गराएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com