सिमा सुरक्षा अधिकारी बढाउन खुलाइयो भर्ना


प्रकाशित मिति : फाल्गुन २०, २०७३ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा उल्लेख भए अनुशार अमेरिकामा कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपी अधिकारीहरु बृद्धिका लागि भर्ना खुलाइएको छ ।

बिहिबार जारी सुचनामा तोकिएको स्थानमा देशब्यापी रुपमा भर्ना खुलाइएको उल्लेख गरिएको छ ।

सीबीपी अधिकारीको प्राथमिक उत्तरदायित्व आतंकवादीहरु, उनीहरुका हतियार र अन्य जोखिमहरु पत्ता लगाउने र निरोध गर्ने रहेको सुचनामा जनाइएको छ ।

सीबीपी अधिकारीका लागि योग्य व्यक्ति अमेरिकी नागरिक हुनुपर्ने, लगातार तीनबर्षसम्म अमेरिकामा नै बसोबास गरेको हुनुपर्ने, ४० बर्ष उमेर नपुगेको हुनुपर्ने, कुनै क्षेत्रमा तीनबर्ष कामको अनुभव वा कुनै विषयमा स्नातक हुनुपर्ने लगायतका प्रावधानहरु रहेका छन् ।

त्यो बाहेक लागुपदार्थ सेवन गरे नगरेको, आपराधिक पृष्ठभूमी भए नभएको शारिरिक रुपमा तन्दुरुस्त रहे नरहेको लगायत पनि परिक्षण गरिने जनाइएको छ । छानिएकाहरुका लागि आकर्षक तलब र सुविधाको व्यवस्था रहेको छ ।

आवेदन दिन चाहनेहरुले यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com