जर्मनमा नयाँ शक्ति, खरेल संयोजक


प्रकाशित मिति : फाल्गुन १८, २०७३ बुधबार

नयाँ शक्ति पार्टी, नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज, जर्मन गठन भएको छ । हिजो जर्मनीमा भएको पहिलो भेलाले १३ सदस्यीय  नयाँ कार्यसमिति चयन गरेको छ ।

भानुभक्त खरेलको संयोजकत्वमा गठित नयाँ कार्यसमितिको सचिवमा दिपक देवकोटा,सह-सचिव बिनय बिस्ट, कोषाध्यक्ष विज्ञान कार्की, सञ्चार बिभागमा गोकर्ण रहनु भएको छ भने प्रमुख सल्लाहकारमा शिव कुमार श्रेष्ठ हुनुहुन्छ । यसैगरी सदस्यहरुमा स्मिता सोती, सगर बडाल, प्रभात किरण, मनशिखा दोङ् रविन्द्र ,विनय रेग्मी लगायत रहेका छन् ।

भेलापछि बसेको कार्यसमितिको पहिलो बैठकले नयाँ शक्ति पार्टी नेपालको उदेश्यका बारेमा अन्तरक्रिया गर्ने, नयाँ सदस्यता वितरण गर्ने, प्रथम अधिवेशनको लागि तयारी गर्ने  र जर्मनमा रहेका नेपाली विद्यार्थीले भोग्नु परेका समस्याका बारेमा आवाज उठाउने लगायतका निर्णय गरेको नवनिर्वाचित संयोजक भानुभक्त खरेलले जानकारी दिनुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com