धार्मिक विद्यालयमा विद्यार्थीलाई चरम यातना


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

नाइजेरियाको एउटा धार्मिक विद्यालयबाट पाँच सयजनाको उद्धार भएको छ । उत्तरी नाइजेरियाको काडुना राज्यमा सञ्चालित एउटा मुस्लिम विद्यालयबाट उनीहरूको उद्धार गरिएको हो । बन्दीगृहका रूपमा रूपान्तरण गरिएको सो विद्यालयका विद्यार्थीमाथि चरम यातना दिइएको प्रहरीले जनाएको छ ।

मानव दासताको केन्द्र
‘प्रार्थना गरे पनि उनीहरूले पिट्थे । पढ्दा झन् कुट्थे,’ विद्यालयकी छात्रा इसा इब्राहिमले भनिन् । सो स्थान आधुनिक मानव दासताको मुख्य केन्द्र बनेको प्रहरीले जनाएको छ । पीडितमध्ये केहीलाई यौन दुव्र्यवहार गरिएको अधिकारीहरूले जनाएका छन् । सोही केन्द्रमा जस्तै अन्य क्षेत्रमा पनि त्यस्तै घटना भएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् । विद्यालयबाट शिक्षकलगायत अन्य केही पक्राउ परेका छन् ।

काडुनाका प्रायः मुसलमानले आफ्ना नानीबाबुलाई विद्यालय पठाउन सक्दैनन् । अधिकांश गरिबले धार्मिक पादरीले खोलेका कुरानसम्बन्धी विद्यालयमा पठाउँछन् । सरकारले अन्य विद्यालयमा पनि अनुसन्धान गर्ने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इसा इब्राहिमको अग्निपरीक्षा
‘छोराको बानी सुधार्न भन्दै’ इब्राहिमका अभिभावकले उनलाई दुई साताअघि सो विद्यालयमा पठाएका थिए । तर, प्रहरीले विद्यालयमा छापा मार्ने अघिल्लो दिन विद्यालयबाट भागेको उनले बताए । विद्यार्थीलाई एउटा पुरानो जेनेरेटरमा बाँध्नेदेखि हात माथि ठड्याएर भित्तामा झुन्डाइने गरेको उनले बताए । ‘यातनाका कारण शरीरका विभिन्न भागमा घाउ भएको छ । शरीरको प्रायः सबै भागमा घाउ लागेको छ,’ उनले भने, ‘निदाइरहेको वेलामा विद्यार्थीलाई लौरीले कुट्थे ।’ आफूलाई धेरै दिनसम्म भोकभोकै राखेर निस्तो भात खान दिइएको उनले बताए । केन्द्रमा राखिएका प्रायः विद्यार्थी कमजोर भएको उनले बताए ।

केन्द्रबाट पाँच वर्षसम्मका बालबालिकाको उद्धार गरिएको छ । सो विद्यालय धेरै वर्षदेखि सञ्चालनमा आएको विश्वास गरिएको छ । विद्यालयबाट उद्धार गरिएका पुरुष तथा किशोरमध्ये प्रायः सबै उत्तरी नाइजेरियाका थिए । तर, दुईजना बुर्किनो फासोको भएको जनाइएको छ ।

यातनागृह
दारु इमाम अहम्द बुन ह्याम्बल फ्यासिलिटी केन्द्र मुस्लिम विद्यालय र सुधार गृह दुवैको भूमिकामा सञ्चालित भएको विश्वास गरिएको छ । जटिल स्वभाव भएका बालबालिका तथा पुरुषलाई विद्यालयमा भर्ना गरिएको थियो । गुलाबी रंगको सो दुईतले भवनलाई बाहिरबाट ठूला पर्खालले घेरिएको छ भने पर्खालमाथि काँडेतार लगाइएको छ । विद्यालय भवनमा एक दर्जनभन्दा बढी कोठा छन् भने हावा प्रवाहका लागि साना झ्याल राखिएका छन् । विद्यालयको बाहिरी गेट भने भव्य र आकर्षक देखिन्छ ।

अधिकांश विद्यार्थीलाई कारका चक्का र जेनेरेटरमा फलामे साङ्लोले बाँधिएको अवस्थामा उद्धार गरिएको थियो । विद्यार्थीको कथित खराब स्वाभावलाई सुधार्न यातना दिइएको बताइएको छ । कतिपय अभिभावकलाई लामो समयदेखि आफ्ना नानीबाबुलाई भेट्न दिइएको थिएन । ‘बच्चाहरूको यस्तो दुर्गति हुन्छ भन्ने थाहा पाएको भए हामीले विद्यार्थीलाई विद्यालय पठाउने नै थिएनौँ,’ इब्राहिम नाम गरेका एक अभिभावकले बताए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com