अमेरिकाले साउदी अरबमा सेना परिचालन गर्ने !
प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार
एजेन्सी /साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ संयुक्त राज्य अमेरिकाले आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा ‘प्रतिरक्षात्मक स्वरूप’मा आफ्नो सैनिक खटाउने घोषणा गरेको हो । तर कति सङ्ख्यामा अमेरिकी सैनिक पठाउने भन्ने विषयमा चाहिँ निर्णय भइसकेको छैन।
गत शनिबार साउदी अरबमा दुईवटा आक्रमण भएका थिए । उक्त आक्रमण भएपछि ती दुई ठूला तेल प्रशोधन केन्द्रमा उत्पादन अवरूद्ध भएको छ ।
साउदी प्रेस एजेन्सीमार्फत सार्वजनिक भएको राजकुमार अब्दुल अजिज बिन सलमानको वक्तव्यमा उहाँले ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको बताउनु भएको छ । अरामको भण्डार केन्द्रका प्रमुख कार्यकारी अधिकृतले दुवै प्रशोधन केन्द्रमा स्थिति नियन्त्रणभित्र रहेको बताउँदै आक्रमणबाट मानवीय क्षति भने बताएका छन् ।
अमेरिकी विदेशमन्त्री पोम्पेओले हिंसाका लागि इरानको सम्लग्नता रहेको भन्दै शनिबारको आक्रमण यमनी भूमिबाट गरिएको आधान नभेटिएका दावी गर्नुभएको छ । इरानले भने अमेरिकी दावीको खण्डन गर्दै तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा आफ्नो सम्लग्नतालाई अस्वीकार गरेको छ ।
अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मात्रै नभई विश्वमै सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो भने खुरैस प्रशोधन केन्द्रले विश्वमा गरिने खपतको झन्डै एक प्रतिशत तेल उत्पादन गर्छ भने अब्काइक अरामकोको सबैभन्दा ठूलो प्रशोधन केन्द्र हो ।
Discover more from KHASOKHAS
Subscribe to get the latest posts sent to your email.









