यहाँस्थित मनास्लु हिमालकाे आरोहण गर्ने क्रममा एक विदेशी आराेहीकाे ज्यान गएकाे छ । मनास्लु चढ्ने क्रममा तेस्रो शिविर पुगेकी पोल्याण्डकी रिता डोनेटा ब्लाडेयकाे लेक लागेर मृत्यु भएकाे जनाइएकाे छ । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएकाे जानकारी अनुसार उनी हिमाल चढ्ने क्रममा लेक लागेर बिरामी भएकी थिइन् । शिविरबाट तल ल्याउने क्रममा मृत्यु भएकाे हाे ।
६०८६७०४ नम्बरको राहदानीवाहक ब्लाडेयकाे उमेर ५० वर्ष थियाे । उनी सेभेन सम्मिट ट्रेक्स प्रालिबाट मनास्लु आरोहणका लागि गएकी त्यसतर्फ गएकाे प्रहरीकाे भनाइ छ । साे टाेलीमा १४ जना आरोही थिए । तर उनकाे शव उठ्न सकेकाे छैन ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।