सवारी दुर्घटनामा परी ३६ को मृत्यु ३६ घाइते


प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार

चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको ज्यान गएकाे छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार शनिबार बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए ।

यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com