ट्रम्पको नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा ओब्राएन


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा रोबर्ट ओब्राएन नियुक्त भएका छन्। गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए।

अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको भन्दै ह्वाइट हाउसले उनलाई पदबाट हटाएको थियो । बोल्टनलाई हटाएपछि रिक्त रहेको पदमा ओब्राएनलाई नियक्त गरेको ह्वाइटहाउसले जनाएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको तीन वर्षको अवधिमा राष्ट्रिय सुरक्षा सल्लाहकारमा फेरबदल गरेको यो सहित तेस्रो पटक हो । बैदेशिक मामिलाबारे लामो अनुभव लिएका नवनियुक्त राष्ट्रिय सुरक्षा सल्लाहकार रोवर्टको लागि आप्रवासन सम्बन्धि नीति र इरानसँगको तनाव साम्य पार्ने पहिलो चुनौति हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com