Follow @khasokhasmag

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

एएफपी/भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो ।

गत २४ देखि ४८ घण्टासम्मको अवधिमा अत्यधिक वर्षा भएको र नदी किनारका क्षेत्रमा बढी असर गरेको अधिकारीहरुको भनाइ छ ।

“गएरातिसम्ममा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि भएको छ, सरकारी अधिकारीहरुले खोजी तथा उद्धारका लागि प्रयास गरिरहेका छन्”, प्रकोप व्यवस्थापन प्रदेश कार्यालयका उपाध्यक्ष रवीन्द्र प्रताप साहीले एएफपीसँग भन्नुभयो ।

उहाँले बाढीबाट प्रभावित हजारौँ स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको र शरणार्थी शिविरहरुमा राखिएको पनि जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा अरु ४८ घण्टासम्म पनि भीषण वर्षा हुने अनुमान गरिएको मौसमविद्हरुले जनाएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com