अमेरिकी र युक्रेनाका राष्ट्रपतिबीच भएको टेलिफोन वार्ता सार्वजनिक, ट्रम्प परे अप्ठेराेमा


प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार

एजेन्सी/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गएको जुलाईमा भएको युक्रेनका राष्ट्रपतिसँग ट्रम्पले गरेकाे टेलिफोन वार्ताको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्डरविरुद्ध अनुसन्धान सुरु गर्न राष्ट्रपति ट्रम्पले आग्रह गरेको खुलेको छ ।

टेलिफोन वार्ताको विवरणमा ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई बाइडेनका छोरा हन्टर बोर्ड सदस्य रहेको युक्रेनी ग्यास फर्ममा भएको भनिएको भ्रष्टाचारबारे अनुसन्धान गर्न आग्रह गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनको प्रभावमा सन् २०१६ मा सो अनुसन्धान रोकिएको ट्रम्पको आरोप छ । बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावमा डेमोक्य्राटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने प्रतिस्पर्धामा छन् । उनी उम्मेदवार बन्ने सम्भावना अरुको भन्दा बढी छ ।

ट्रम्पले आफ्ना सम्भावित प्रतिस्पर्धीको राजनीतिक छवी धुमिल पार्नका लागि विदेशी शक्तिको सहायता लिएको आरोप लागेको हो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेपछि ह्वाइट हाउसले टेलिफोन वार्ताको विवरण सार्वजनिक गरेको हो ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मंगलबार राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवि खराब गराउनका लागि विदेशी शक्तिको सहयोगका लागि आग्रह गरेको आरोपबारे औपचारिक छानबिन सुरु गर्ने निर्णय भएको बताएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com