राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपतिसँगको फोनवार्ताको ट्रान्सक्रिप्ट सार्वजनिक गर्ने


प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोनवार्ताको विषयलाई लिएर डेमोक्र्याटहरुले महाअभियोग लगाउन प्रकृया सुरु गरेपछि ट्रम्पले फोनवार्ताकै ट्रान्सक्रिप्ट सार्वजनिक गर्ने घोषणा गरेका छन् । ट्रम्पले असंसोधित र अवर्गिकृत ट्रान्सक्रिप्ट आज बुधबार सार्वजनिक गर्ने जनाइएको छ ।

तर युक्रेनी राष्ट्रपतिले भने ट्रम्पसँगको वार्ता व्यक्तिगत र गोप्य रहेको बताएका छन् । उनले फोनवार्ताको ट्रान्सक्रिप्ट सार्वजनिक गर्नेबारे आफूले विचार गर्ने बताएका छन् ।

डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । ट्रम्पले भने फोनवार्ताको ट्रान्सक्रिप्टबाट आफूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई डेमक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान नगरे ४ सय मिलियन डलरको सैन्य सहयोग रोक्ने चेतावनी नदिएको स्पष्ट हुने दावी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्प र जेलेन्स्कीबीच बाइडेनका बारेमा कुराकानी हुनुले ट्रम्पबाट आगामी राष्ट्रपति चुनाव जित्नका लागि विदेशी सहयोग खोजेर शक्तिको दुरुपयोग गरेको ठहर्ने बताएकी छिन् । यद्यपी अमेरिकी तल्लो सदनबाट महाअभियोगको प्रस्ताव अगाडि बढेपनि रिपब्लिकन बहुमत रहेको सिनेटबाट यो प्रस्ताव अगाडि बढ्न लगभग असम्भव जस्तै नै छ । पारित नभएपनि यो प्रस्तावका कारण ट्रम्पलाई आगामी चुनाव जित्नमा भने समस्या आउनसक्छ ।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोनवार्ताबारे एक सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो। फोनमा ठ्याक्कै के भनिएको थियो भन्नेबारे स्पष्ट छैन । तर ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई बाइडन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमक्र्याटहरूको आरोप छ।

ट्रम्पलाई महाभियोग लगाउने बारेको अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ। त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाइ बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ।

अमेरिकाको २२३ बर्ष लामो इतिहासमा अहिलेसम्म दुईजना अमेरिकी राष्ट्रपतिबिरुद्धमात्र महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । एन्ड्रयु जोन्सन र बिल क्लिन्टनबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपनि सिनेटले दुबैजनालाई दोषी ठहर गरेन । वाटर गेण्ट काण्डका कारण रिचर्ड निक्सनले महाअभियोग लाग्नु अगाडि नै पदबाट राजिनामा दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com