राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउन औपचारिक प्रक्रिया सुरु


प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार

अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेकी छन्। डेमक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि “विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको” आरोप लगाएकी छन्।

ट्रम्पमाथि आफ्ना डेमक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप छ। ट्वीटमा राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको सङ्ज्ञा दिएका छन्।पेलोसीले राष्ट्रपति उत्तरदायी हुनुपर्ने बताइन्।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोनवार्ताबारे एक सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोनमा ठ्याक्कै के भनिएको थियो भन्ने अझै अस्पष्ट छ। तर ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई बाइडन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमक्र्याटहरूको आरोप छ।

सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले ‘उनको संवैधानिक जिम्मेवारी’ अवज्ञा गरेको बताइन्।

पेलोसीको घोषणाले संसदीय समितिलाई राष्ट्रपतिको फोन संवादबारे अनुसन्धानको निम्ति अनुमति दिएको छ। जसले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ।

घोषणामा उनले छवटा अन्य समितिले ट्रम्पविरुद्ध अरू विषयमा अनुसन्धान गरिरहेको र ती महाभियोगको औपचारिक अनुसन्धान अन्तर्गत जारी रहने उल्लेख गरेकी छन्।

महाभियोगको पक्षमा विपक्षी डेमक्र्याटहरूको बलियो समर्थन छ।

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।

त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाइ बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ।

ट्वीटहरूको एउटा शृङ्खलामा ट्रम्पले विपक्षी दलले दुराशय राखेर नै संयुक्त राष्ट्रसङ्घको उनको भ्रमण प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।

“उनीहरूले फोनवार्ताको लिखित प्रतिलिपि हेरेकै छैनन्,” उनले भने।

युक्रेनका राष्ट्रपतिसँग भएको फोनवार्ता “पूरै उचित” थयो भनेर देखाउने त्यसको लिखित प्रतिलिपि बुधवार सार्वजनिक गर्ने ट्रम्पले प्रतिबद्धता व्यक्त गरेका छन्।

पत्रकारहरूले सोमवार ट्रम्पलाई महाभियोगको चेतावनीलाई उनले कतिको गम्भीरतापूर्वक लिएका छन् भनेर सोधेका थिए।

राष्ट्रपति ट्रम्पको उत्तर थियो, “बिल्कुल लिएको छैन।”

पेलोसीको घोषणापछि एउटा समितिले ट्रम्पले युक्रेनी नेतासँग गरेको कुराकानी महाभियोगयोग्य अपराध हो कि हैन भनेर अनुसन्धान गर्नेछ।

आफ्नो घोषणामा पेलोसीले अन्य छवटा संसदीय समितिले अरू विषयमा ट्रम्पबारे छानबिन जारी राख्ने र तिनको काम महाभियोगको औपचारिक अनुसन्धानअन्तर्गत आउने बताइन्।

महाभियोग प्रस्ताव आए हाउस अफ रेप्रिजेन्टटिभ्समा मतदान हुनेछ। त्यहाँ डेमक्र्याटहरूको बहुमत भएकाले त्यो पारित हुने स्थिति छ।

तर त्यो प्रस्ताव सिनेटमा जाँदा पारित हुनका लागि दुईतिहाइ मत पुग्दैन। किनभने त्यहाँ रिपब्लिकनहरूको बाहुल्य छ।

यदि ट्रम्पले युक्रेनलाई दबाव दिन सैन्य सहायता रोकेको पुष्टि भए ५५ प्रतिशत अमेरिकीहरूले महाभियोगको समर्थन गर्ने यूगभ नामक वेबसाइमा राखिएको गरिएको एउटा पोलले देखाएको छ।

ह्वाइट हाउसले युक्रेनलाई दिने २५ करोड डलरसम्मको सैन्य सहायतामा अस्थायी रोक लगाउने निर्णय गरेकै समयमा दुई राष्ट्रपतिबीच उक्त विवादित फोनवार्ता भएको संयोग देखिएको छ।

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार सहायता निलम्बन गर्ने निर्णय जुलाई २५ मा भएको फोनवार्ताअघि भएको थियो र दुई नेताहरूको संवादमा त्यसबारे कुरा भएको कुनै सङ्केत छैन।

सहायता ढिलाइको द्विपक्षीय आलोचनाबीच यो महिना युक्रेनका निम्ति २५ करोड डलर अनुमोदन गरिएको थियो।

ट्रम्पका वकिल रुडी जुलियानीले फक्स बिज्नसलाई सोमवार राष्ट्रपतिले युक्रेनलाई सैन्य सहायता रोक्ने चेतावनी नदिएको कुरा शत प्रतिशत भन्न नसक्ने बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com