इस्लामाबाद / पाकिस्तान र भारतको सीमाक्षेत्रमा आज ५ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
कश्मीर क्षेत्रमा यसको बढी प्रभाव परेको छ । भूकम्पले इस्लामाबाद, अजब, कश्मीर, पेशावर, रावलपिण्डी र लाहोरमा समेत ठूलो धक्का महसुश भएको छ । ८ देखि १० मिनेटसम्म हल्लाएको भूकम्पले भारतका समेत केही सहरमा असर पुगेको छ ।
भारतका गुजरात, चित्राल लगायत क्षेत्रमा यसको असर परेको छ । भूकम्पका कारण ठूलो हताहत भएको बताइएको छ । तर क्षतिको यकिन विवरण आइसकेको छैन । यद्यपि कतिपय सहरमा ठूला पक्की सडक समेत भत्किएका छन् । डन न्युजका अनुसार अहिले दुबै तर्फका सैनिक तथा सुरक्षाकर्मीहरु प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।