पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा !


प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार

न्यूयोर्क, एएनआई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुग्नु भएको छ । उहाँले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नु भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क आउनु भएको हो ।

न्यूयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताउनुभयो ।

प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उहाँले जानकारी दिनुभयो । न्यूयोर्क आउनुअघि उहाँ साउदी अरब जानु भएको थियो ।
साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट उहाँ साउदी युवराजको विमानबाट न्यूयोर्क आउनु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवै मुस्लिम राष्ट्रका युवराज र प्र्रधानमन्त्रीले काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।
उहाँहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताउनु भएको छ । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com