प्रदर्शनकारीद्वारा प्रहरीमाथि पेट्रोल बम प्रहार


प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार

एजेन्सी / हङकङमा लोकतन्त्र पक्षधरहरुले गरेको आन्दोलनमा प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । प्रदर्शन गर्न रोक लगाइएका ठाउँहरुमा आन्दोलनकारीले ¥याली निकालेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको थियो ।

सुपुर्दगी विधेयकको बिरोधमा सुरु भएको प्रदर्शन अहिले लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित रहने गरेका छन् । हङकङको प्रदर्शन महिनौंसम्म जारी छ । यसैबीच हङकङको अदालतले प्रदर्शनमा सहभागी नहुन दिएको आदेश अटेर गर्दै आन्दोलनकारीले सरकारी कार्यालय र संसद भवन बाहिर प्रदर्शन जारी राखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com