अमेरिकाले इस्लामिक लडाकु समूह तेहरिक-ए-तालिबान पाकिस्तानका लडाकु प्रमुख नूर अलीलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेको छ ।
अमेरिकाले अलीलाई टाउकोको मूल्य ५० लाख अमेरिकी डलर घोषणा गरेको छ । सन् २००७ गठन भएको तहरिक ए तालिबान (टिटिपी) पाकिस्तान सबैभन्दा खतरनाक उग्रवादी समूह बनेको छ । यसले पछिल्लो १२ वर्षमा सैयौ आतंकवादी आक्रमण गरेको छ । नुर अली यो समूहका नेता हुन् । उनको पुरा नाम मुफ्ती नुर अली मेहसुद हो ।
सन् २०१८ मा मुल्लाह फजलुल्लाहको मृत्युपछि तहरिक-ए-तालिबान पाकिस्तानले नुर अलीलाई आफ्नो प्रमुख बनाएको हो । ४० वर्षका उनले नोबेल पुरस्कार विजेता युवती मलाला युुसुफजाईको हत्या गर्न आदेश दिएको बताइन्छ । त्यसैगरी बेनजिर भुट्टोको हत्यामा पनि नुर अलीको हात रहेको विश्वास गरिन्छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।