११ सेप्टेम्बरको वार्षिकीमा अमेरिकी दूतावासमा रकेट आक्रमण


प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार

११ सेप्टेम्बरको वार्षिकीमा अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावासमा रकेट आक्रमण भएको छ । मध्यरात लगत्तै दूतावासको कम्पाउण्डमा रकेट आक्रमण भएपछि धुवाँको मुस्लो उडेको थियो ।

आक्रमण लगत्तै दूतावासका कर्मचारीहरुलाई लाउड स्पीकरबाट घटनाबारे जानकारी दिइएको थियो । घटनामा कोही पनि घाइते नभएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति वार्ता अस्विकार गरेलगत्तै यो हमला भएको हो । सन् २००१ मा अमेरिकाको न्युयोर्कमा रहेको विश्व व्यापारिक केन्द्रमा आजकै दिन आतंककारी हमला भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com