एक अमेरिकन दम्पतीको बैंक खातामा झुक्किएर १ लाख डलर

एजेन्सी /एक अमेरिकन दम्पतीको बैंक खातामा झुक्किएर १ लाख भन्दा बढी डलर जम्मा भयो । उनीहरुले ठूलौ रकम आएको देखेर विलासी सामान किन्नमा खर्च गरेपछि आपतमा परेका छन् ।

बिबिसीले जनाएअनुसार अमेरिकी नागरिक रोबर्ट र टिफनी विलीअम्जको खातामा गत मे ३१ मा बीबी एन्ड टी बैंकबाट झुक्किएर १ लाख २० हजार डलर जम्मा भएको थियो । सित्तैमा त्यति ठूलो रकम आएको देखेपछि विलीअम्ज दम्पतीले महँगो गाडी र अन्य विलासी सामग्री किनेर सो रकम खर्चिए । तर पछि बैंकले सम्पर्क गर्न खोज्दा भने उनीहरु सम्पर्कमा आएनन् ।

खातामा आएको रकम आफ्नो नभएको थाहा भएको जान्दाजान्दै पनि खर्च गरेकाले उनीहरु आपतमा परेका हुन् । प्रहरीका अनुसार उनीहरूलाई सो रकम चोरी गरेको र चोरीको सामग्री लिएको अभियोग लगाइएको छ । सोही अभियोगमा सोमबार उनीहरूलाई स्थानीय अदालतमा उपस्थित गराइएको थियो र अदालतको आदेशपछि धरौटीमा छुटेका छन् ।

सो रकम त्रुटि भएर उनीहरुको खातामा पुगेको पत्ता लागेपछि बैंकले सम्पर्क गर्दा टिफनीले आफूसँग पैसा बाँकी नभएको र सबै खर्च भइसकेको बताएकी थिइन् । उनका श्रीमान पनि बैंकमा उपस्थित हुन गएनन् । जुन २० मा नै त्रुटि पत्ता लागे पनि त्यति बेलासम्म खाताबाट अधिकांश रकम निकालिसकिएको थियो । अदालतमा मुद्दा खेपिरहेका यी दम्पतीले अब जसरी पनि उक्त रकम फिर्ता गर्नुपर्ने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com