क्यानडामा ‘नेपाल-डे’ मनाउने तयारी, कार्यसमितिमा नयाँ सदस्य


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका नवनिर्वाचित प्रतिनिधिहरुले औपचारिक रुपमा कार्यभार सम्हालेसँगै कार्यसमितिमा नयाँ सदस्यहरु पनि थपिएका छन् ।

ब्राम्पटन शहरस्थित एभरेष्ट तेक्वान्दो हलमा आयोजित हस्तान्तरण कार्यक्रमपछि बसेको कार्यसमितिको बैठकले विभिन्न क्षेत्रका लागि संयोजक र केही सल्लाहकार नियुक्त गरेको हाे ।

मिडिया संयोजकमा पत्रकार बद्री तिमल्सिना, पर्यटन समितिको संयोजकमा प्रदिप मरहठ्ठा र आर्थिक समितिको संयोजकमा व्यवसायी अमृतो भट्टराईलाई नियुक्त गरिएकाे छ भने स्वास्थ्य सम्बन्धीमा सुरेश गौतमलाई संयोजक तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नव निर्वाचित अध्यक्ष चिरन्जिवी घिमिरेको अध्यक्षतामा बसेको बैठकले यसअघिको कार्यकालमा कानूनी सल्लाहकार रहेका अतुल सुवेदीलाई यसपटक पनि निरन्तरता दिएको प्रवक्ता दिनेश खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार बैठकपछि अध्यक्ष घिमिरे र निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले मनोनित हुने सबै संयोजक तथा सल्लाहकारलाई बधाइ तथा शुभकामना दिएका थिए ।

यसैबीच, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा नेपाल डे मनाउने भएको छ । यही सेप्टेम्बर १९ तारिखका दिन विभिन्न स्थानीय नेपाली संघ-संस्थाहरुसँगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्रवक्ता खतिवडाले बताए । यस कार्यक्रमबाट क्यानडेली पर्यटकहरुलाई नेपालबारे जानकारी गराइने र नेपाल जान उनीहरुलाई प्रेरित गरिने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com