अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिवानसँगको सम्झौता रद्द गरेपछि तालिवानले चेतावनी दिएको छ । तालिवानले सम्झौता रद्द गरेर सबैभन्दा ठूलो घाटा अमेरिकालाई नै हुने भन्दै पुनः सोच्न चेतावनी दिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार ट्वीट गर्दै बैठक मात्र नभई तालिवानसँग कुनै पनि सम्झौता नगर्ने दावी गरेका थिए । तालिवनाका अनुसार ट्रम्पले अफगानिस्तानी सरकार र तालिवानका मुख्य नाइकेलाई सँगै राखेर भेटवार्ता गर्ने बताएका थिए ।
तर, अन्तिम समयमा तालिवानले अफगानी सरकारसँग सिधा कुराकानी नगर्ने बताएसँगै ट्रम्पले तालिवानसँग सम्झौता रद्द गरेको हुन सक्ने तालिवानले आरोप लगाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।