अमेरिकामा चर्चलाई गुम्बा बनाएर बुद्ध मूर्ति राखिने
प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार
नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित एक गुम्बामा राखिने भएको छ। सानफ्रान्स्किोमा रहेको चर्चलाई गुम्बा बनाएर त्यहाँउक्त बुद्धको मूर्ति राख्न लागिएको हो।
पाटन औद्योगिक क्षेत्रभित्र रहेको शाक्य ह्यान्डिक्राफ्टमा मूर्तिकार वीरेन्द्र अवालेको समूहले उक्त मूर्ति तयार गरेको हो। उक्त समूहमा कलाकार गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन छन्।
उक्त मूर्तिलाई सोमबार जहाजबाट लगिनेछ। तामाको उक्त मूर्ति बनाउन दुई वर्ष लागेको मूर्तिकार वीरेन्द्रले बताउनुभयो। उक्त मूर्ति हेर्न पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला र कलाकारको प्रसिद्धिलाई यो कामले थप उचाइ दिएको बताउनुभयो।
Discover more from KHASOKHAS
Subscribe to get the latest posts sent to your email.









