बेलायती प्रधानमन्त्री जोनसनका भाइद्वारा सांसद र मन्त्रीबाट राजिनामा


प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका भाईले मन्त्री तथा सांसद दुवै पदबाट राजिनामा दिनुभएको छ ।

व्यापारमन्त्री बन्नुभएका बोरिसका भाई जो जोनसनले बिहीबार मन्त्री र सांसद पद त्यागेको घोषणा गर्नुभएको हो ।

राष्ट्रको स्वार्थका लागि आफूले पारिवारिक सम्वन्धलाई समेत बचाईराख्न नसकेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै जोले भन्नुभएको छ, “पछिल्ला केही हप्ता पारिवारिक सम्वन्ध र राष्ट्रिय स्वार्थको दुई छुट्टा छुट्टै बाध्यताबाट चेपिएको थिएँ ।”

“यो दोधारलाई समाधान गर्न धेरै प्रयास गर्दा पनि नसकेपछि मैले राष्ट्रिय स्वार्थको पक्षमा उभिएर राजिनामा दिएको हुँ,” उहाँले भन्नुभयो ।

उहाँले देशको सेवा गर्नका लागि आफु ओर्पिङटनका जनताको इमान्दार प्रतिनिधिका रूपमा संसदमा रहेको र तीन प्रधानमन्त्रीको मातहतमा रहेर मन्त्रीका रूपमा काम गरेको बताउनुभयो ।

बेलायतको पत्रिका डेली मेलले प्रधानमन्त्री जोनसोनले देशको हितमा काम नगरेको निश्कर्षसहित मन्त्री जोनसनले राजिनामा दिएको उल्लेख गरेको छ ।

पद त्याग गर्ने मन्त्री जोनसनको निर्णयले धेरैलाई आश्चर्य चकित बनाएको समाचारमा उल्लेख गरिएको छ ।

सरकारका एक जना प्रवक्ताले भने प्रधानमन्त्रीले जो जोनसनको सेवाका बारेमा विचार गर्ने बताउनु भयो । उहाँले मन्त्री जोनसनलाई प्रतिभाशाली, बौद्धिक र गज्जबको मान्छे भएको प्रधानमन्त्रीको भनाई रहेको उल्लेख गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com