यी हुन् अमेरिकामा भएको दुर्घटनामा ज्यान गुमाउने एकै परिवारका तीन नेपाली


प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार

अमेरिकाको मिजौरी राज्यमा भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा मिजौरी राज्यको स्थानिय ब्ल्यू स्प्रिङमा बस्ने तीन नेपालीको ज्यान गएको छ भने चार बर्षिय बालक र चालक घाइते छन् ।

ज्यान गुमाउनेमा श्रद्धा ओझा खनाल, उनका बुवा गोविन्द खनाल र उनकी आमा शान्ता खनाल रहेको स्थानिय प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा गोविन्द खनालको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईको उपचारका लागि अस्पताल पुराएपछी मृत्यु भएको हो ।

प्रहरीले भनेको छ – ‘घाइते बालक र चालक प्रभास ओझाको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । बालकको अवस्था चिन्ताजनक छ ।’

प्रहरीले दुर्घटना मंगलबार २ बजेर ५५ मिनेटमा पूर्वी ४४ नामको हाइवेमा भएको जनाएको छ । प्रहरीका अनुसार सवारी चालक मृतक श्रद्धा खनालका पति प्रभास ओझा थिए ।

प्रहरीले बुधवार जारी गरेको सुचना भनिएको छ -‘घाइते रहेका प्रभासले सवारी जाममा जब गाडी रोक्ने प्रयास गरे, पछाडीबाट टोयोटा पिकअप ट्रकले ठक्कर दियो । प्रभासले टोयोटा र्याप फोर नामको गाडी चलाएका थिए । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।’

मृतक श्रद्धा खनालको परिवार सन् २०१२ मा डिभी लोटरी मार्फत अमेरिका आएको जनाइएको छ । श्रद्धाका बुवा आमा भने तीन महिना पहिले मात्रै अमेरिका आईपुगेका थिए । मृतक श्रद्धा ओझा खनाल बिराटनगर निवासी रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com