अमेरिका घुम्न गएका आमाबुवाकाे सडक दुर्घटनामा छाेरीसहित मृत्यु, ज्वाइँ र नाति गम्भीर घाइते


प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार

अमेरिकामा सडक दुर्घटनामा परी नेपालबाट घुम्न गएका बाआमासहित छाेरीकाे मृत्यु भएकाे छ । त्यहाँकाे मिजुरी राज्यमा मंगलबार भएको साे दुर्घटनामा नेपालका श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालकाे ज्यान गएकाे स्थानीय प्रहरीले पुष्टि गरेकाे छ ।

अमेरिकामै रहेकी श्रद्धाका आमाबुवा नेपालबाट घुमघामका लागि केही समयअघि अमेरिका पुगेका थिए । श्रद्धाका पति प्रभाश आेझाले कार हाँकिरहेकाे वेला साे कार दुर्घटनामा परेकाे हाे । चालक ओझा घाइते भएका छन्, उनीसँगै ४ वर्षीय छोरा पनि घाइते छन् । घाइते बाबुछाेराकाे स्थानीय अस्पतालमै उपचार भइरहेकाे जनाइएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार टोयोटा आरएभी- ४ माेडलकाे आफ्नै कार हाँकेर चालक प्रभाश परिवारजनलाई लिएर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्वतर्फ गइरहेका थिए । राताे लाइट बलेकाले उनले कार राेकिराखेका थिए तर पछाडिबाट आएकाे टोयोटाकै पिकअप ट्रकले साे कारद्याई ठक्कर दिँदा दुर्घटनाग्रस्त हुन पुग्याे । घटनाबारे थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com