निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव संसदद्वारा अस्वीकृत


प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार

एजेन्सी / बेलायती संसदले प्रधानमन्त्री बोरिस जोनसनको मध्यावधि निर्वाचन गराउने प्रस्तावलाई अस्वीकार गरेका छन् ।

हाउस अफ कमन्समा प्रधानमन्त्री जोनसनको दुई प्रस्ताव लगातार अस्वीकार गरेका छन् । यसअघि सांसदहरुले सम्झौता बिना युरोपेली संघ नछाड्ने प्रस्ताव अस्वीकार गरेका थिए । जोनसनले सम्झौता नभए पनि अक्टोबर ३१ मा संघ छाड्ने योजनालाई रोक्ने विधेयक समेत पारित गरेका छन् ।

दुई वर्षमै मध्यावधि चुनावका लागि राखेको प्रस्तावका पक्षमा २ सय ९८ र विपक्षीमा ५६ मत पर्यो । २ सय ८८ जनाले मतदानमा भाग लिएनन् ।

मध्यावधि चुनावमा प्रस्ताव पारित गर्नका लागि प्रधानमन्त्री जोनसनलाई दुई तिहाई अर्थात् ४ सय ३४ सांसदको समर्थन आवश्यक रहेको थियो । जोनसनले सम्झौता बिनानै संघ छाड्न नपाइने विधेयकले वार्ताको विषयलाई अन्यत्र मोड्न सक्ने भन्दै अघि बढ्ने एक मात्रै बाटो चुनाव भएको बताएका थिए ।

तर विपक्षी लेबर दलका नेता जेमेरी कोर्बिनले संघबाट सम्झौताबिनै संघ छाड्नका लागि प्रधानमन्त्री जोनसनले कपटपूर्ण खेल खेलेको आरोप लगाएका छन् । यसैगरी स्कटिस नेसनल पार्टी र लिबरल डेमोक्र्याटले पनि संघबाट बिना सम्झौता बाहिरिनका लागि प्रधानमन्त्रीले प्रस्ताव ल्याउन खोजेको भन्दै आलोचना गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com