फेसुबकका संस्थापक जुकरबर्गलाई जेल हाल्नुपर्ने अमेरिकी सिनेटरको माग


प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार

अमेरिकाको ओरेगन राज्यबाट डेमोक्रेटिक सिनेटर रोन वाइडेनले फेसबुकका संस्थापक मार्क जुकरबर्गले जेल सजायको सामना गर्नुपर्ने बताएका छन् । फेसबुकको गोपनियतामा आएको समस्याबारे अमेरिकी जनतालाई झुठो बोलेका कारण उनले जेल सजायको सामना गर्नुपर्ने सिनेटरको भनाई छ ।

उनले भनेका छन् – ‘मार्क जुकरबर्गले गोपनियताबारे पटकपटक अमेरिकी जनतासमक्ष झुठो बोलेका छन् । यसका लागि उनी व्यक्तिगत रुपमा नै जिम्मेबार हुनुपर्छ । जुन आर्थिक जरिवानादेखि जेलसजायसम्म हुनुपर्छ ।’

सिनेटर वाइडेनले सन् २०१८ मा कन्जुमर डाटा प्रोटेक्सन एक्ट सदनमा ल्याएका थिए । यो ऐनले व्यक्तिको गोपनियताको दुरुपयोग गर्ने कम्पनीबिरुद्ध कडा कदम चाल्नका लागि अधिकार प्रदान गरेको थियो । यो बिल अनुशार दोषीले २० बर्षसम्म जेलसजाय र ५ मिलियन डलरसम्म जरिवानको सजाय भोग्नसक्ने प्रावधान रहेको थियो ।

गत जुलाईमा अमेरिकी संघीय ब्यापार आयोगले फेसबुकलाई ५ बिलियन डलर जरिवाना गरेको थियो । जुन संघीय ब्यापार आयोगले प्रविधिसँग सम्बन्धित कम्पनीलाई तोकेको सबैभन्दा ठूलो जरिवाना रकम हो । संघीय ब्यापार आयोगले क्याम्ब्रिज एनालिटिक्सलाई फेसबुकले ८७ मिलियन प्रयोगकर्ताका विवरणहरुमा पहुच दिएकोमा विशेष जोड दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com