विमानस्थलमा श्रीमतिलाई बिदाई गर्नका लागि टिकट किनेका व्यक्ति पक्राउ


प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार

श्रीमतिलाई विमानस्थलको गेटमै पुगेर बिदाई गर्नका लागि टिकट किनेका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिंगापुरको चांगी विमानस्थलमा गेटसम्मै पुगेर श्रीमतिलाई बिदाई गरेका व्यक्तिलाई बोर्डिङ पासको दुरुपयोग गरेको भन्दै पक्राउ गरिएको हो ।

चांगी विमानस्थलमा उडानको आशय विना नै गेटक्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई त्यहाँको कानुन अनुशार २ बर्षसम्म कैद वा २० हजार सिंगापुर डलरसम्म जरिवानाको व्यवस्था रहेको छ । बोर्डिङ पास विना प्रवेश गर्न नमिल्ने ट्रान्जिट क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा लिइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१९ मा यो कानुन लागु भएयताको ८ महिनामा उडानको आशय विना नै उक्त क्षेत्रमा प्रवेश गर्ने ३३ जनालाई पक्राउ गरिसकिएको छ । यसपटक पक्राउ परेका २७ बर्षका युवा पनि सिंगापुरबाट उड्ने कुनै योजना नभई बिसुद्ध श्रीमतिलाई बिदाई गर्न पुगेको प्रहरीले जनाएको छ ।

सिंगापुरको विमानस्थल आकर्षक रहेकाले कैयन व्यक्तिले त्यहाँभित्र छिर्नकै लागिमात्र पनि सस्तो टिकट लिने गरेका छन् । विमानस्थलभित्रको सपिंग मलमा जानका लागि सस्तो टिकट किनेका एकजोडी पनि हालै पक्राउ परेका थिए । उनीहरुले त्यहाँ आईफोन किनेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com